संगालोखबर


विराटनगर । कोशी प्रदेशमा एक हजार ६५ जनामा डेंगु सङ्क्रमण भएको छ । डेंगु सङ्क्रमणबाट झापामा दुई जनाको मृत्यु भएको छ । झापामा साउनयता सङ्क्रमितको सङ्ख्या एक हजार २८ पुगेको छ ।

कोशीका १४ जिल्ला मध्ये मोरङमा डेंगु सङ्क्रमितको सङ्ख्या बढी छ ।  मोरङमा हालसम्म  पाँच सय ३२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

मोरङ पछि झापा, धनकुटा र सुनसरीमा डेंगुको सङ्क्रमण धेरै छ । स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० जनामा डेंगु सङ्क्रमण भएको छ ।

यस्तै सुनसरीमा ७०, उदयपुरमा ६९, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा ५, खोटाङमा ४ र तेह्रथुममा २ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

गत बैशाखदेखि नै कोशीमा डेंगु फैलिएको थियो । बैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा सङ्क्रमण भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!