संगालोखबर


विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले भोलि दिउँसो ४ बजेबाट अनशनमा बस्ने बताएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै कार्कीले प्रदेशसभा अगाडि आमरण अनशन बस्ने बताएका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरण पत्र पठाउँदै कार्कीले ४८ घण्टाभित्रमा माग सम्बोधन नभए अनशन बस्ने चेतावनी दिएका थिए । पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘भोलि मुख्यमन्त्रीलाई दिएको समय सकिन्छ । भोलि तोकिएको समयसम्ममा माग सम्बोधन नभए आमरण अनशन सुरु हुन्छ ।’

Advertisement

आफूले जनताका कुरा उठाएकाले सबैले साथ दिने कार्कीले दाबी गरे । कार्कीले भने, ‘मैले जनताका कुरा उठाएको हुँ । आफू मर्न तयार छु, तर अनशन छाडेर भाग्दिनँ ।’

उनले ९ वटा माग राख्दै हिजो मुख्यमन्त्री कार्कीलाई स्मरण पत्र बुझाएका थिए । पत्रकार सम्मेलनमा कार्कीले आफूले जनताको पक्षमा आवाज उठाएको उल्लेख गर्दै आफूले सुरुवात गरेका काम जनतासँग प्रत्यक्ष जोडिएको बताए ।

उनले भने, ‘अहिलेको सरकारले जनतासँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण कामलाई हटाएका कारण सङ्घर्षमा उत्रनु परेको हो । यो काममा सबै दलको सहयोग मिल्नेछ । मेरो स्वार्थका लागि नभएर जनताका लागि लागेको हुँ ।’

पूर्व मुख्यमन्त्री कार्कीका मागहरू

१. दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम लागू गर्नुपर्ने

२. बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति

३. शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन

४. महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

५. घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम

६. सुनसरी मोरङ केशलिया करिडोरको विकास कार्यक्रम

७. कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति

८. डाक्टर, इन्जिनियर लगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति

९. जनावरमैत्री जङ्गल

यो पनि-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!