संगालोखबर
फाइल तस्बिर

विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दीलाई छालासम्बन्धी रोग देखिन थालेको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएका कारण गर्मीको समयमा छालासम्बन्धी रोगले सताउने गरेको हो ।

तीन सय क्षमता रहेको कारागारमा अहिले एक हजार ६० जना कैदीबन्दी छन् । ५० जना क्षमता रहेको महिला विभागमा एक सय एक जना कैदीबन्दी छन् । जसमध्ये ४ नाबालक, ९७ जना महिला छन् ।

Advertisement

दुई सय ५० क्षमता रहेको पुरुष विभागमा नौ सय ५९ जना कैदीबन्दी रहेका जेलर चेतराज बरालले जानकारी दिए । बरालले संगालोखबरसँग भने, ‘पुरुष विभाग तर्फ धेरै समस्या छ । महिला विभागतर्फ भने खासै समस्या छैन ।’

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न सङ्क्रमणको जोखिमसँगै अन्य समस्या समेत हुने गरेको बरालले बताए । उनका अनुसार अहिले कारागारमा छालाका बिरामीको सङ्ख्या बढेको छ ।

उनले भने, ‘अहिले कारागारमा छालाका बिरामीको सङ्ख्या बढेको छ । गर्मीयाम भएकाले पनि थप समस्या भएको हो । विभिन्न अस्पतालसँगको सहकार्यमा कैदीबन्दीका लागि शिविर राखिरहेका छौँ ।’

दैनिक ७/८ जना कैदीबन्दीलाई उपचारका लागि कोशी अस्पताल पठाउने गरिएको बरालको भनाइ छ । उनले भने, ‘अहिले दैनिक ७/८ जनालाई अस्पताल पठाउने गरिएको छ । चेकजाँचपछि कतिपयलाई अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ ।’

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा निम्तिएका समस्या विस्तारै समाधान हुने उनले बताए । नयाँ कारागार भवन निर्माण सम्पन्न भएपछि धेरै हदसम्म समस्याको समाधान हुने उनको विश्वास छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!