सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा आत्महत्या रोकथाम दिवस मनाइएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

Advertisement

परिचय मोडबाट निकालिएको र्‍याली सामुदायिक भवनमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकिएको थियो ।

आत्महत्याका कारण विभिन्न रहेकाले यसको रोकथामका लागि सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख श्याम सिंह चौधरीले बताए ।

मानसिक रोग, ऋण, झगडालगायतका कारण आत्महत्याका घटना दिनानुदिन बढिरहेको उनले बताए । पछिल्लो समय गरिबी, पारिवारिक कलह, प्रेम, आर्थिक असफलता जस्ता कारणले आत्महत्या बढेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

र्‍यालीमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुख, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो ।

हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व भर आत्महत्या रोकथाम दिवस मनाइने गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!