संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका-४ इक्राहीमा विजुलीको बत्ती फेर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय अवधनारायण मोदी छन् ।

Advertisement

धान कुट्ने मिल सञ्चालन गर्दै आएका मोदीलाई सोही मिलमा बत्ती फेर्ने क्रममा शनिवार साँझ करिब ६ः४५ बजे करेन्ट लागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘मिलमा बत्ती फिक्स गर्ने क्रममा करेन्ट लागेछ,’ डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘गम्भीर घाइते अवस्थामा उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो, उपचारकै क्रममा मृत्यु भयो ।’

करेन्ट लागेर मोदी ढलेका थिए । तर, घरका सदस्यले थाहा पाएका थिएनन् । मिलमा धान लिएर गएका मान्छेले देखेपछि मात्र उनलाई उपचारका लागि अस्पताल लगिएको हो । उपचारका क्रममा राती करिब ७ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!