संगालोखबर
फाइल तस्बिर

विराटनगर । जिल्ला कारागार मोरङका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका-४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा आज बिहान ११ बजे कोशी अस्पतालमा मृत्यु भएको हो ।

मुटु सम्बन्धीसमस्या देखिएपछि भदौ २० गते साँझ उपचारका लागि अस्पताल भर्ना गरिएका तामाङको आज बिहान ११ बजेतिर मृत्यु भएको कारागारका जेलर चेतराज बरालले जानकारी दिए ।

Advertisement

जेलर बरालले संगालोखबरसँग भने, ‘उहाँलाई यो पहिला देखीकै समस्या रहेछ । यो भन्दा अगाडि पनि पटकपटक अस्पताल भर्ना गरिएको थियो ।’

अस्पताल भर्नापछि परिवारका सदस्यलाई जानकारी गराएपनि कोही नआएका कारण जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयको समन्वयमा काठमाडौँ लग्ने तयारी हुँदै गर्दा उनको मृत्यु भएको बरालले बताए ।

उनले भने, ‘कारागारबाट हामीले कोशी अस्पताल नै पठाउने हो । परिवारका सदस्यहरूले अन्य अस्पतालमा लगेर उपचार गराउँछौँ भन्दा पाउनुहुन्छ । तर खर्च उहाँहरूले नै बेहोर्नुपर्छ । उहाँको परिवारबाट कोही नआएपछि र बिरामीको अवस्था जटिल बन्दै गएपछि स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थियौँ ।’

अहिले आफन्त सम्पर्कमा आएर अस्पतालबाट शव बुझ्ने तयारीमा लागेका छन् । तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए । उनीमाथि विभिन्न पाँच वटा चोरी मुद्दा अदालतमा दर्ता भएको बरालको भनाइ छ ।

मोरङ, झापा, सुनसरी, इलाम र धनकुटामा उनीविरुद्ध मुद्दा परेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!