तेह्रथुममा कोरोना संक्रमण बढेपछि २३ विद्यालय बन्द

तेह्रथुममा कोरोना संक्रमण बढेपछि २३ विद्यालय बन्द

तेह्रथुम । तेह्रथुममा केही दिन यता पुनः कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण बढेपछि मेन्छ्यायेम गाउँपालिकाका २३ विद्यालय एक साताका लागि बन्द गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि न्यूनिकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको मेन्छ्यायेम गाउँपालिकाले जनाएको छ । विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा संक्रमण फैलन थालेपछि गाउँपालिकाको शिक्षा शाखाले विद्यालय बन्द गर्न सिफारिस ग...
धनकुटाकी सांसद बस्नेत प्रदेश सभाको विधायन समितिमा मनोनित

धनकुटाकी सांसद बस्नेत प्रदेश सभाको विधायन समितिमा मनोनित

विराटनगर । प्रदेश सभा सदस्य हिमादेवी बस्नेतलाई प्रदेश नं. १ प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिको सदस्यमा मनोनित गरिएको छ । नेकपा एमाले संसदीय दलको सिफारिसमा सांसद बस्नेतलाई समितिमा मनोनयन गरिएको हो । आइतवार बसेको प्रदेश सभा बैठकमा सभामुख प्रदिप कुमार भण्डारीले प्रदेश सभा नियमावली २०७४ संसोधन समेतको नियम १३३ को उपनियम १ बमोजिम सांसद बस्नेतलाई सदस्यमा मनोनयन गरिएको जानकारी गराए । बस्नेत...
ब्राउन सुगर कारोबारमा संलग्न धनकुटाका दम्पतीसहित चार जना पक्राउ

ब्राउन सुगर कारोबारमा संलग्न धनकुटाका दम्पतीसहित चार जना पक्राउ

सुनसरी । सुनसरीको इटहरीबाट लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–४ का २७ बर्षीया सृजना ओझा, २८ बर्षीय सुशान्त घिमिरे, धनकुटाको सहिदभुमी गाँउपालिका–५ घर भई इटहरी उपमहानगरपालिका–५ मादेन मार्ग टोलमा डेरा गरी बस्ने ३४ बर्षीय बिर्त सिंह राई र उनकी श्रीमती ३५ बर्षीया पवित्रा राई छन् । ब्राउन सुगरको कारोबार भइरहेको सूचनाका आधारमा शुक्रवार ई...
छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ रबरबगानस्थित भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा अर्जुनधारा नगरपालिका–७ की ६२ बर्षीया लक्ष्मीमाया कार्की छन् । आइतबार साँझ ५ बजे जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प २५३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार कार्की गंभीर घाइते भएकी थिइन् । मोटरसाइकल उनका छोरा ४४ बर्षीय सुमन का...
धनकुटामा जसपाका जिल्ला उपाध्यक्षसहित १५ जनाले दिए सामुहिक राजीनामा

धनकुटामा जसपाका जिल्ला उपाध्यक्षसहित १५ जनाले दिए सामुहिक राजीनामा

धनकुटा । जनता समाजवादी पार्टी (जसपा) का धनकुटा जिल्ला उपाध्यक्ष विकास घिमिरेसहित १५ जनाले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । उनीहरूले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा दिएको जानकारी दिएका हुन् । जिल्ला उपाध्यक्ष घिमिरे, सचिव श्रीराम रायमाझी, धनकुटा नगर अध्यक्ष दिलकुमार राई, महालक्ष्मी नगर अध्यक्ष नरेन तुम्वा र सचिवालय सदस्य सबिन श्रेष्ठले राजीनामा दिएका छन् । त्यस्तै जिल्ला...
धनकुटाकी सांसद श्रेष्ठको माग: पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाइयोस्

धनकुटाकी सांसद श्रेष्ठको माग: पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाइयोस्

विराटनगर । प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउँन नेपाल सरकार समक्ष माग गरेकी छन् । आइतबार प्रदेश नं. १ प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपाल आयल निगमले भाउ नघटाएको भन्दै तत्काल मूल्य घटाउन सरकारसमक्ष माग गरेकी हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्द...
नोबेलमा मनाइयो स्तनपान सप्ताह

नोबेलमा मनाइयो स्तनपान सप्ताह

विराटनगर । विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका विद्यार्थीहरूले गत सोमवारदेखि आइतवारसम्म एक हप्ता कार्यक्रम गरेर सप्ताह मनाएका हुन् । नोबेल अस्पतालमा सुत्केरी भएका महिलाहरूलाई स्तनपानका विषयमा सचेतनामूलक कार्यक्रम गरेर सप्ताह मनाइएको नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । उनका अनुसार विद्यार्थीहरूले स्तनपानको महत्व, स...
विराटनगरमा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगरमा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–८ बालगोपाल टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराती करिब ९ बजे करेन्ट लाग्दा ३० बर्षीय राजु मुखियाको मृत्यु भएको हो । आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका मुखियालाई उपचारका लागि कोशी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङको जहदाबाट ३८ किलो गाँजा बरामद

मोरङको जहदाबाट ३८ किलो गाँजा बरामद

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ ठुलो हातिबन्दाबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । स्थानीय भुसाराम राजबंशीको घर पछाडि रहेको कटेरोबाट ३८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । बिशेष सूचनाको आधारमा शनिवार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गाँजा फेला पारेको हो । प्लाष्टिकमा प्याक गरेर बोरामा हाली लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको प्रहरीले जन...
प्रदेश १ का ९ जिल्लामा बन्द आव्हान, प्रभाव न्यून

प्रदेश १ का ९ जिल्लामा बन्द आव्हान, प्रभाव न्यून

विराटनगर । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्ले आइतबार प्रदेश १ का ९ जिल्लामा बन्द आव्हान गरेको छ । हरेक बर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै आएको परिषद्ले अरुण पूर्वका ९ जिल्लामा बन्द आव्हान गरेको हो । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष आजकै दिनलाई ‘कालो दिन’ को रुपमा बन्द आव्हान गर्दै आएको छ । अरुण ...
मुक्ति समाज उर्लाबारीको अध्यक्षमा तिलक नेपाली निर्वाचित

मुक्ति समाज उर्लाबारीको अध्यक्षमा तिलक नेपाली निर्वाचित

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिवमा टिकाराम विश्वकर्मा र कोषाध्यक्षमा देवी पाँचकोटी सर्वसम्मत चयन भएका छन् । सम्पूर्ण सदस्यहरु पनि स...
निर्वाचनमा एक्लै लड्न सक्ने तागत भएपनि संविधान रक्षाका लागि तालमेल आवश्यक: कोइराला

निर्वाचनमा एक्लै लड्न सक्ने तागत भएपनि संविधान रक्षाका लागि तालमेल आवश्यक: कोइराला

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन्। सञ्चारकर्मीसँग शनिबार चितवनमा कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए। ‘सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचन...
सप्तकोशीमा बाढी उर्लियो

सप्तकोशीमा बाढी उर्लियो

विराटनगर । पहाडी क्षेत्रमा भइरहेको बर्षाका कारण सप्तकोशी नदीमा भीषण बाढी आएको छ । बाढीका कारण सप्तकोशीमा हाई अलर्ट जारी गरिएको छ । शनिवार दिउँसो करिब १ बजे कोशी व्यारेजमा गरिएको मापन अनुसार सप्तकोशीमा २ लाख १० हजार क्युसेक बहाव देखिएको छ । अहिले बराहक्षेत्रमा बाढी निकै बढेको देखिएको छ । त्यो बाढी कोशी व्यारेजमा आइपुग्दा मापन झण्डै दोब्बर बढ्ने अनुमान गरिएको छ । कोशी ब्यारेजले ९ लाख क्युसेक पानी...
सुनसरीमा ज्वेलर्सबाट सुनचाँदीका गरगहना चोरी गर्ने युवा पक्राउ

सुनसरीमा ज्वेलर्सबाट सुनचाँदीका गरगहना चोरी गर्ने युवा पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा ज्वेलर्सबाट सुनचाँदीका गरगहना चोरी गर्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली छन् । स्थानीय लक्ष्मण बि.क.को औलिया ज्वेलर्समा घर पछाडिको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदीका गरगहना शुक्रवार चोरी भएको थियो । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प...
खोटाङको हुर्लुङ–जालपा सडकको पहिरो पन्छाइयो, यातायात सुचारु

खोटाङको हुर्लुङ–जालपा सडकको पहिरो पन्छाइयो, यातायात सुचारु

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि हुर्लुङ–जालपा सडक सुचारु भएको छ । केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो पन्छाइएपछि यातायात सुचारु भएको हो । हौंचुर पोखरीमा खसेको पहिरो तेस्रोपल्ट पन्छाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिए । पहिरो पन्छाउँदा लाग...
धनकुटामा गरियो रक्तदान

धनकुटामा गरियो रक्तदान

धनकुटा । धनकुटामा शक्रबार रक्तदान कार्यक्रम गरिएको छ । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा त्रिवेणी चोकस्थित शिवालय मन्दिर परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी गरी १८ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नु जीवन दान गर्नु सरह भएकाले कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष इश्वर श्रेष्ठले जानकारी दिए । वि.सं. २०३० साल चैत्र ३ ग...
धनकुटाको महालक्ष्मीमा पहिरोले दुई वटा घर बगायो, बुबा-छोरी घाइते

धनकुटाको महालक्ष्मीमा पहिरोले दुई वटा घर बगायो, बुबा-छोरी घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ लाप्टाङमा गएराती पहिरोले दुई वटा घर बगाएको छ । बर्षासँगै मध्यराति घर माथिबाट सुरु भएको पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर बगाएर पुरेको हो । पहिरोले घर पुर्दा ८४ वर्षीय घरधनी कटुवाल र उनकी छोरी करिब ५० वर्षीया मित्रमाया कटुवाल घाइते भएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिँदा मित्र...
अनेरास्ववियु धनकुटा क्याम्पस कमिटीको अध्यक्षमा सापकोटा निर्वाचित

अनेरास्ववियु धनकुटा क्याम्पस कमिटीको अध्यक्षमा सापकोटा निर्वाचित

धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनकुटा बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा कुमार सापकोटा निर्वाचित भएका छन् । क्याम्पस कमिटीको २४ औं सम्मेलनले सापकोटाको अध्यक्षतामा ५१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मुना चापागाईं, नविन खड्का र प्रविन खनाल चयन भएका छन् । सचिवमा मुस्कान राई, सह-सचिवमा निमा राई, भूमिराज राई र दिपेन्द्र थापा तथा क...
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निर्णय

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको हो । दुवै निर्वाचन एकै चरणमा हुनेछ । यसअघि निर्वाचन आयोगले मंसिर २ गते शुक्रबार निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, शुक्रबारको दिन मुस्लिम समुदायको जुमुआहका कारण अनकुल नहुँने ठहर गर्दै सरकारले दुई दिनपछि निर्वाचन गर्ने भएको हो । बुधबार साँझ ...
सप्तकोसी बाढी पीडितका लागि प्रदेश सरकारले पठायो राहत सामग्री

सप्तकोसी बाढी पीडितका लागि प्रदेश सरकारले पठायो राहत सामग्री

विराटनगर । सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटे लाहुरे खोँचबाट धार परिवर्तन गर्दा डुबानमा परेका प्रभावितहरूका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले बाढी प्रभावितहरूका लागि खाद्यान्नसहितका राहत सामग्री पठाएको कानून मन्त्री केदार कार्कीले जानकारी दिए । ‘हामी बाढीपीडितहरूलाई खान नपाएर मर्न दिन्नौँ, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ...
सप्तकोशीको बाढीमा फसेका २४ सय परिवारको उद्धार

सप्तकोशीको बाढीमा फसेका २४ सय परिवारको उद्धार

विराटनगर । उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४ सय घर परिवारको उद्धार गरिएको छ । बाढीमा फसेका बेलका नगरपालिका–३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४ सय घरधुरीलाई उद्धार गरिएको हो । बुधबार बिहानदेखि साँझसम्म सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट...
धनकुटाको निवुवा–ताङ्खुवा जलधार क्षेत्रमा रोपियो ५० हजार विरुवा

धनकुटाको निवुवा–ताङ्खुवा जलधार क्षेत्रमा रोपियो ५० हजार विरुवा

धनकुटा । धनकुटाको निवुवा–तांखुवा जलधार क्षेत्र संरक्षणका लागि सप्ताहव्यापी वृक्षरोपण कार्यक्रम गरेर ५० हजार बिरुवा रोपिएको छ । धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाले ०७६ सालदेखि अन्तर्राष्ट्रिय पर्वतिय विकास केन्द्र (इसिमोड) सँग मिलेर निवुवा खोला र ताङखुवा खोला जलधार क्षेत्रको मुहान संरक्षणको काम गरिरहेको छ । सोही संस्था इसिमोडले बुधबार कार्यक्रम गरेर वृक्षरोपणको विषयमा जानकारी दिएको हो । ...
विराट नसिङ्ग होममा महिलाको पाठेघरबाट निकालियो ९ किलोको ट्यूमर

विराट नसिङ्ग होममा महिलाको पाठेघरबाट निकालियो ९ किलोको ट्यूमर

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ्ग होममा शल्यक्रिया गरेर महिलाको पाठेघरबाट ९ किलोको ट्यूमर निकालिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ की ३९ बर्षीया महिलाको पाठेघरबाट ९ किलो २ सय ग्रामको ट्यूमर अर्थात मासुको डल्लो निकालिएको हो । पाठेघर भित्रको यत्ति ठूलो ‘फाईब्रोड’ ट्यूमर विरलै मात्र भेटिने चिकित्सकहरू बताउँछन् । नर्सिङ्ग होमका डा.ज्ञानेन्द्रमान सिंह कार्की नेतृत्वको चिकित्सकहरूको टोलीले...
तेह्रथुममा बुवाको हत्या गरेर भागेका छोरा पक्राउ

तेह्रथुममा बुवाको हत्या गरेर भागेका छोरा पक्राउ

तेह्रथुम । तेह्रथुममा बुवाको हत्या गरेर भागेका छोरा पक्राउ परेका छन् । बुवालाई फलामको मुस्लीले हानेर फरार रहेका छथर गाउँपालिका–५ ठकुरी टोलका २४ बर्षीय टंक बहादुर भण्डारी पक्राउ परेका हुन् । उनले मंगलवार बिहान घरायसी बिवादका क्रममा आफ्नै बुवा ५३ बर्षीय भक्त बहादुर भण्डारीलाई धान कुट्ने फलामको मुस्लीले टाउकोमा हानेर भागका थिए । मुस्लीले लागेर घाइते भएका भक्त बहादुरलाई उपचारका लागि शुक्रवारेस्थित ...
विराटनगरमा सिटी सफारीबाट ६१ किलो गाँजा बरामद

विराटनगरमा सिटी सफारीबाट ६१ किलो गाँजा बरामद

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित भित्री सडक खण्डबाट आज ६१ किलोग्राम गाँजा बरामद भएको छ । को २ ह ४६१० नम्बरको सफारीमा राखेर लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको हो । बिहान ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो । प्रहरीलाई देखेपछि सिटी र गाँजा छाडेर सिटी चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
धनकुटाबाट गाँजासहित दुई जना पक्राउ

धनकुटाबाट गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाँउपालिका–७ का २६ वर्षीय प्रदिप राई र सोही स्थानका एक बालक छन् । मंगलबार दिउँसो करिब १२ बजे मूलघाट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले राजमार्गमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा गाँजा फेला परेको हो । गुठिटारबाट भेडेटारतर्फ जादै गरेको को ३९ प ६५६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको ...
सप्तकोशीको बाँध फुट्यो, सयौं घर जोखिममा

सप्तकोशीको बाँध फुट्यो, सयौं घर जोखिममा

विराटनगर । उदयपुरको बेलका नगरपालिका–८ मा बाँध फुट्दा सप्तकोशी नदी बस्तीमा पसेको छ । डुम्रेस्थित नदीको पश्चिमतर्फको बाँध फुटेर नदीको भंगालो बस्तीमा पसेको हो । स्थानीयबासीका अनुसार आज बिहान करिब ४ बजेबाट नदी बस्तीमा पसेको छ । बेलकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु–चिलिया बस्तीमा नदी पसेको हो । नदी बस्तीमा पसेपछि एक हजार भन्दा बढी घर जोखिममा परेका छन् । त्यहाँका करिब २० हजार नागरिक प्...
धनकुटामा एक वर्षमा थपिए ६७७ उद्योग

धनकुटामा एक वर्षमा थपिए ६७७ उद्योग

धनकुटा । धनकुटामा विगत एक वर्षको अवधिमा ६७७ वटा उद्योग तथा व्यवसाय थपिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ५१६ वटा उद्योग र १६१ वटा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । योसँगै अब धनकुटामा उद्योगको संख्या ३ हजार ८ सय ३७ पुगेको छ भने व्यवसायको संख्या १ हजार ६ सय ५४ पुगेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिए । उनका अनुसार उद्योग, वाणिज्य फर्महरू ...
धनकुटाको घरेलु तथा साना उद्योग कार्यालयले सार्वजनिक गर्यो वार्षिक कार्य प्रगति विवरण

धनकुटाको घरेलु तथा साना उद्योग कार्यालयले सार्वजनिक गर्यो वार्षिक कार्य प्रगति विवरण

धनकुटा । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले गत आर्थिक बर्ष २०७८/०७९ मा भएको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म एक वर्षको अवधिमा भएका काम वार्षिक समीक्षा गोष्ठी गरेर सार्वजनिक गरेको हो । कार्यक्रममा कार्यालय प्रमुख इश्वर थापाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यालय प्रमुख थापाका अनुसार एक वर्षको अवधिमा जिल्लाभर २१ वटा सीप विकास ता...
मल्टिप्लकमा मोवायलको चार्जर लगाउँने क्रममा करेन्ट लाग्दा मृत्यु

मल्टिप्लकमा मोवायलको चार्जर लगाउँने क्रममा करेन्ट लाग्दा मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ स्थित साथीको घरमा आएका १९ बर्षीय बिपिन बि.क. छन् । दिउँसो करिव १ बजे मल्टिप्लकमा मोवायलको चार्जर लगाउँने क्रममा करेन्ट लागेर उनी घाइते भएका भएका थिए । उनलाई उपचारका लागि कटारी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको...
बसबाट ओर्लिने क्रममा लड्दा बृद्धको मृत्यु

बसबाट ओर्लिने क्रममा लड्दा बृद्धको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–२ मा बसबाट ओर्लिने क्रममा लडेर आज एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ७३ बर्षीय बलभद्र पराजुली छन् । बिहान ११ बजे कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को.१ ख ४१८८ नंम्बरको बसमा सवार रहेका पराजुली बसबाट ओर्लिने क्रममा लडेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक रतुवा...
error: Content is protected !!