संगालोखबर


विराटनगर । कोशी प्रदेशका शिक्षा अधिकृतहरूका लागि आयोजना गरिएको अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नीति, नियम तथा कानुन, निर्देशिका सम्बन्धि मापदण्डका विषयमा जानकारी दिने उद्देश्यले अभिमुखीकरण गरिएको हो ।

स्थानीय तहहरूमा शिक्षा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकालले बताए । पाँच दिनसम्म चलेको अभिमुखीकरणमा गुणस्तरीय शिक्षा, सीपमूलक शिक्षा, शिक्षक दरबन्दी  अनिवार्य तथा निःशुल्क शिक्षा लगायतका विषयमा जानकारी गराइएको थियो ।

यस्तै राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहमा प्रश्नपत्र निर्माण गर्दा ग्रिडको प्रयोग, शिक्षा सुधारका लागि अनिवार्य निःशुल्क शिक्षाको कार्यान्वयन, शिक्षकका कार्यसम्पादन मूल्याङ्कनमा देखिएका त्रुटिहरू सच्याउन सकिने अवधारणाका विषयमा जानकारी गराइएको थियो ।

सो विषयमा परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, परीक्षा बोर्डका उपनियन्त्रक सुभास पन्त, काठमाडौं विश्वविद्यालयका प्रोफेसर डाक्टर  शेषकान्त पंगेनी, प्राध्यापक डा. गणेशबहादुर  सिंह लगायतले प्रश्नपत्र गुणस्तरीय हुनुपर्ने साथै गोपनीयता र विश्वसनीयता हुनुपर्ने बताएका थिए ।  नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा अभिमुखीकरण भएको हो ।

कार्यक्रममा कोशी प्रदेशका १३७ वटा स्थानीय पालिकाका शिक्षा शाखाका अधिकृतहरू सहभागि भएका शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहालले जानकारी दिए ।

यस्तै १४ वटा जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, शिक्षा तालिम केन्द्र इनरुवाका प्रमुख, शिक्षा निर्देशनालय धनकुटाका अधिकृत, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका उपसचिव तथा अधिकृतहरू सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!