- संगालोखबर सम्वाददाता
तस्बीर: भरत घिमिरे

विराटनगर । उदयपुरको बेलका नगरपालिका–८ मा बाँध फुट्दा सप्तकोशी नदी बस्तीमा पसेको छ । डुम्रेस्थित नदीको पश्चिमतर्फको बाँध फुटेर नदीको भंगालो बस्तीमा पसेको हो ।

स्थानीयबासीका अनुसार आज बिहान करिब ४ बजेबाट नदी बस्तीमा पसेको छ । बेलकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु–चिलिया बस्तीमा नदी पसेको हो ।

Advertisement

नदी बस्तीमा पसेपछि एक हजार भन्दा बढी घर जोखिममा परेका छन् । त्यहाँका करिब २० हजार नागरिक प्रभावित हुनसक्ने अनुमान गरिएको छ । बेलका १, २, ३, ८ र ९ नं. वडा तथा सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन् ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले नदी प्रभावितहरुको उद्धार गरिरहेको छ । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!