- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ ठुलो हातिबन्दाबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । स्थानीय भुसाराम राजबंशीको घर पछाडि रहेको कटेरोबाट ३८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

बिशेष सूचनाको आधारमा शनिवार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गाँजा फेला पारेको हो । प्लाष्टिकमा प्याक गरेर बोरामा हाली लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

राजवंशीको घरबाट गाँजा बरामद भएपनि राजवंशी भने सम्पर्कमा छैनन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!