संगालोखबर सम्बाददाता

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि हुर्लुङ–जालपा सडक सुचारु भएको छ । केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो पन्छाइएपछि यातायात सुचारु भएको हो ।

Advertisement

हौंचुर पोखरीमा खसेको पहिरो तेस्रोपल्ट पन्छाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिए ।

पहिरो पन्छाउँदा लागेको खर्च दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाले संयुक्त रूपमा व्यहोर्ने भएका छन् । यो विषयमा दुई पालिकाबीच मौखिक सहमति भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!