- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा ज्वेलर्सबाट सुनचाँदीका गरगहना चोरी गर्ने युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली छन् ।

Advertisement

स्थानीय लक्ष्मण बि.क.को औलिया ज्वेलर्समा घर पछाडिको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदीका गरगहना शुक्रवार चोरी भएको थियो । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको थियो । सोही क्रममा प्रहरीलाई शंका लागेपछि बराइलीको कोठाभित्र खानतलासी गरेको थियो ।

खानतलासी गर्दा बराइलीको कोठाको दराज पछाडि कालो झोलामा लुकाई राखेको अवस्थामा चोरी भएका सुनचाँदीका गरगहना बरामद भएको हो । ६ तोला ८३ लालका सुनका गरसगहना र २९७ तोला चाँदीका गरी करिव १० लाख ४० हजार बराबरको गरगहना फेला परेको हो ।

चोरी भएका सुनचाँदीका गरगहनाहरु बरामद भएपछि बराइलीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!