- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

विराटनगर । पहाडी क्षेत्रमा भइरहेको बर्षाका कारण सप्तकोशी नदीमा भीषण बाढी आएको छ । बाढीका कारण सप्तकोशीमा हाई अलर्ट जारी गरिएको छ ।

शनिवार दिउँसो करिब १ बजे कोशी व्यारेजमा गरिएको मापन अनुसार सप्तकोशीमा २ लाख १० हजार क्युसेक बहाव देखिएको छ । अहिले बराहक्षेत्रमा बाढी निकै बढेको देखिएको छ । त्यो बाढी कोशी व्यारेजमा आइपुग्दा मापन झण्डै दोब्बर बढ्ने अनुमान गरिएको छ । कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको वहाव धान्न सक्ने बताइए पनि अहिले नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक भन्दा बढीको बहावलाई जोखिमपूर्ण मान्ने गरिन्छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार बाढी बढ्दै गएपछि आसपास क्षेत्रका सर्वसाधरणलाई सुरक्षित रहन आग्रह गरिएको छ । बाढीले कोशीको पूर्वी भागमा तत्कालै प्रभाव नपरेपनि श्रीलंका टापुमा भने जोखिम बढेको छ । बाढीले समस्या निम्त्याउँन सक्ने अवस्था बनेमा उनीहरुलाई तत्काल उद्धार गर्ने गरी सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!