- सन्तोष सुवेदी/संगालोखबर
नव निर्वाचित अध्यक्ष सापकोटा ।

धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनकुटा बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा कुमार सापकोटा निर्वाचित भएका छन् । क्याम्पस कमिटीको २४ औं सम्मेलनले सापकोटाको अध्यक्षतामा ५१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा मुना चापागाईं, नविन खड्का र प्रविन खनाल चयन भएका छन् । सचिवमा मुस्कान राई, सह-सचिवमा निमा राई, भूमिराज राई र दिपेन्द्र थापा तथा कोषाध्यक्षमा अर्जुन अधिकारी निर्वाचित भएका छन् ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटीका उप-महासचिव भास्कर खनालले अधिकांश शैक्षिक संस्थाहरूमा शिक्षाको गुणस्तर कमजोर भइरहेको भन्दै सुधारका लागि अनेरास्ववियुले पहलकदमी गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा एमाले सचिवालय सदस्य शोविस चेम्जोङ, धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन छारा, अनेरास्ववियुका सचिवालय सदस्य विजय घिमिरे, अंकित थापा, निरन राई, आरती भट्टराई, नवराज घिमिरे लगायतले मन्तव्यमार्फत शुभकामना दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!