- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका विद्यार्थीहरूले गत सोमवारदेखि आइतवारसम्म एक हप्ता कार्यक्रम गरेर सप्ताह मनाएका हुन् ।

Advertisement

नोबेल अस्पतालमा सुत्केरी भएका महिलाहरूलाई स्तनपानका विषयमा सचेतनामूलक कार्यक्रम गरेर सप्ताह मनाइएको नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । उनका अनुसार विद्यार्थीहरूले स्तनपानको महत्व, स्तनपान गराउँने उपयुक्त तरिका लगायतका विषयमा सुत्केरी महिलाहरूलाई जानकारी गराएका छन् ।

आमाको  दुधमा बालबालिकाहरूका लागि ६ महिनासम्म आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तथा रोग प्रतिरोधात्मक तत्वहरु हुन्छ । यसले बालबालिकाहरूको उपयुक्त वृद्धि विकास हुन र संक्रमणवाट बचाउन मद्दत गर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!