संगालोखबर सम्बाददाता

तेह्रथुम । तेह्रथुममा बुवाको हत्या गरेर भागेका छोरा पक्राउ परेका छन् । बुवालाई फलामको मुस्लीले हानेर फरार रहेका छथर गाउँपालिका–५ ठकुरी टोलका २४ बर्षीय टंक बहादुर भण्डारी पक्राउ परेका हुन् ।

Advertisement

उनले मंगलवार बिहान घरायसी बिवादका क्रममा आफ्नै बुवा ५३ बर्षीय भक्त बहादुर भण्डारीलाई धान कुट्ने फलामको मुस्लीले टाउकोमा हानेर भागका थिए । मुस्लीले लागेर घाइते भएका भक्त बहादुरलाई उपचारका लागि शुक्रवारेस्थित छथर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा मंगलवार बिहान सवा ७ बजे उनको मृत्यु भएको थियो ।

मुस्लोले हानेर फरार रहेका टंक बहादुरलाई प्रहरीले खोजी गरिरहेको थियो । सोही क्रममा म्याङलुङ नगरपालिकास्थित पिङ्गुवा खोलाको पुल नजिकबाट उनी पक्राउ परेका हुन् ।

पक्राउ परेका भण्डारीलाई ज्यान सम्बन्धी कसुरमा तेह्रथुम जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!