- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–२ मा बसबाट ओर्लिने क्रममा लडेर आज एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ७३ बर्षीय बलभद्र पराजुली छन् ।

बिहान ११ बजे कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को.१ ख ४१८८ नंम्बरको बसमा सवार रहेका पराजुली बसबाट ओर्लिने क्रममा लडेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

बस र चालक रतुवाईमाई नगरपालिका–२ का बावुराम टुडुलाई ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!