- संगालोखबर सम्बाददाता

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको हो ।

Advertisement

दुवै निर्वाचन एकै चरणमा हुनेछ । यसअघि निर्वाचन आयोगले मंसिर २ गते शुक्रबार निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, शुक्रबारको दिन मुस्लिम समुदायको जुमुआहका कारण अनकुल नहुँने ठहर गर्दै सरकारले दुई दिनपछि निर्वाचन गर्ने भएको हो ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले पनि मंसिर ४ मा निर्वाचन गर्न उपयुक्त हुँने निष्कर्ष निकालेको थियो । सोही बमोजिम मन्त्रिपरिषद्ले निर्णय लिएको हो ।

निर्वाचन घोषणासँगै अब शेरबहादुर देउवा नेतृत्वको सरकार स्वतः कामचलाउ भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!