- संगालोखबर सम्वाददाता

विराटनगर । सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटे लाहुरे खोँचबाट धार परिवर्तन गर्दा डुबानमा परेका प्रभावितहरूका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले बाढी प्रभावितहरूका लागि खाद्यान्नसहितका राहत सामग्री पठाएको कानून मन्त्री केदार कार्कीले जानकारी दिए ।

Advertisement

‘हामी बाढीपीडितहरूलाई खान नपाएर मर्न दिन्नौँ, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ,’ मन्त्री कार्कीले भने । स्थानीय सरकारले नागरिकलाई सुरक्षित ठाउँको पहिचान गर्ने तथा सङ्घ संस्था लगायत सबै नागरिक जिम्मेवार बनेर विपद्को प्रतिकार्यमा जुट्न उनले आग्रह पनि गरे ।

बुधवार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानवबस्तीमा प्रवेश गरेर तहसनहस पारेको हो । त्यहाँका करिब २४ सय परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ ।

अहिले कोसीले बाँध भत्काएर मानववस्ती प्रवेश गरेको स्थानमा २०४५ सालअघि कोसी बग्ने गथ्र्यो । २०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरी पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि घर बनाएर बस्न थालेका थिए । अहिले पुनः सोही स्थानतर्फ नदी गएपछि बस्तीमा डुबान भएको हो  ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!