- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाँउपालिका–७ का २६ वर्षीय प्रदिप राई र सोही स्थानका एक बालक छन् ।

Advertisement

मंगलबार दिउँसो करिब १२ बजे मूलघाट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले राजमार्गमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा गाँजा फेला परेको हो । गुठिटारबाट भेडेटारतर्फ जादै गरेको को ३९ प ६५६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट ५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पक्राउ परेका दुवै जना अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।  उनीहरूको कारोबारका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!