- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ स्थित साथीको घरमा आएका १९ बर्षीय बिपिन बि.क. छन् ।

दिउँसो करिव १ बजे मल्टिप्लकमा मोवायलको चार्जर लगाउँने क्रममा करेन्ट लागेर उनी घाइते भएका भएका थिए । उनलाई उपचारका लागि कटारी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!