श्रीकृष्ण जन्माष्टमी मनाइदै, कृष्ण मन्दिरहरुमा भक्तजनको घुँइचो (फोटो फिचरसहित)
काठमाडौं । भगवान श्रीकृष्णको पुजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदैछ । पर्वको अवसरमा आज देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ ।
भगवान श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ । श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ । आज व्रतालुहरु रातभर जाग्र...




























