- संगालोखबर सम्बाददाता

विराटनगर । उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४ सय घर परिवारको उद्धार गरिएको छ । बाढीमा फसेका बेलका नगरपालिका–३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४ सय घरधुरीलाई उद्धार गरिएको हो ।

Advertisement

बुधबार बिहानदेखि साँझसम्म सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए ।

कोशी बस्तीमा पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माइकिङ गरेर सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । सप्तकोशीले कटान गरेपछि बाढीबाट सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोशी र कञ्चनरूप नगरपालिकाका करिब २५ हजार नागरिक प्रभावित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!