खोटाङमा ६ म्याग्निच्युडको भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति
खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४७५ घरमा क्षति पुगेको छ। जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्ण रूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ।
यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको ६ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित...






























