- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर महानगरपालिका–८ बालगोपाल टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराती करिब ९ बजे करेन्ट लाग्दा ३० बर्षीय राजु मुखियाको मृत्यु भएको हो ।

आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका मुखियालाई उपचारका लागि कोशी अस्पताल ल्याइएको थियो ।

Advertisement

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!