- संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत निर्वाचित भएका हुन् ।

Advertisement

अधिवेशनबाट उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिवमा टिकाराम विश्वकर्मा र कोषाध्यक्षमा देवी पाँचकोटी सर्वसम्मत चयन भएका छन् । सम्पूर्ण सदस्यहरु पनि सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

अधिवेशन उद्घाटन गर्दै मुक्ति समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेलले मुक्ति समाजले आम दलित समुदायको अगुवाई गर्दै सो समुदायका सवालहरुलाई राजनीतिकरुपमा उठाउँदै आएको बताए । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले ऐन कानूनहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदायमाथि अहिले पनि जतीय विभेद र छुवाछुत भइरहेकाले त्यसविरुद्ध लाग्नुपर्ने बताए ।

कार्यक्रममा एमाले मोरङका सचिव रुपेश खतिवडाले मुक्ति समाजले आम दलित समुदायलाई सङ्गठित गर्दै अधिकारका लागि खबरदारी गर्दै आएको र त्यसमा पार्टीको दह्रो साथ रहेको उल्लेख गरे । एमाले प्रदेश कमिटी सदस्य भुपाल जिमीले मुलुकमा सवै प्रकारका विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!