- संगालोखबर सम्वाददाता
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटामा विगत एक वर्षको अवधिमा ६७७ वटा उद्योग तथा व्यवसाय थपिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ५१६ वटा उद्योग र १६१ वटा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

योसँगै अब धनकुटामा उद्योगको संख्या ३ हजार ८ सय ३७ पुगेको छ भने व्यवसायको संख्या १ हजार ६ सय ५४ पुगेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिए । उनका अनुसार उद्योग, वाणिज्य फर्महरू दर्ताबाट घरेलु कार्यालयले एक वर्षको अवधिमा ३५ लाख ४३ हजार ९ सय ६० रुपैयाँ राजश्व संकलन गरेको छ ।

Advertisement

गत आर्थिक वर्ष सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ ३९६ वटा उद्योग दर्ता भएका छन् । त्यस्तै, पर्यटनतर्फ ४८, सेवामूलक ४७, उत्पादनमूलक २४ र सूचना प्रविधितर्फ एउटा उद्योग दर्ता भएका छन् । योसँगै अब धनकुटामा दर्ता भएका उद्योग तथा वाणिज्य फर्महरूको संख्या ५ हजार ४ सय ९१ पुगेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

धनकुटाको घरेलु तथा साना उद्योग कार्यालयले सार्वजनिक गर्यो वार्षिक कार्य प्रगति विवरण

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!