संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश सभा सदस्य हिमादेवी बस्नेतलाई प्रदेश नं. १ प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिको सदस्यमा मनोनित गरिएको छ । नेकपा एमाले संसदीय दलको सिफारिसमा सांसद बस्नेतलाई समितिमा मनोनयन गरिएको हो ।

Advertisement

आइतवार बसेको प्रदेश सभा बैठकमा सभामुख प्रदिप कुमार भण्डारीले प्रदेश सभा नियमावली २०७४ संसोधन समेतको नियम १३३ को उपनियम १ बमोजिम सांसद बस्नेतलाई सदस्यमा मनोनयन गरिएको जानकारी गराए । बस्नेतलाई मनोनयनका लागि एमाले संसदीय दलले साउन १९ गते संसद सचिवालयमा पत्र पठाएको थियो ।

धनकुटाकी बस्नेत गत महिना नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यमा मनोनित भएकी हुन् । सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएर समानुपातिक सांसद गुलेफुन खातुनले पदवाट राजीनामा दिएपछि बस्नेतलाई एमालेले सांसद बनाएको हो ।

नेकपा एमाले धनकुटाका अध्यक्षसमेत रहेका प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली संयोजक रहेको विधायन समिति बस्नेतको मनोनयनसँगै अब १६ सदस्यीय बनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!