- संगालोखबर सम्वाददाता
बन्दमा धनकुटा बसपार्क । तस्वीर: सन्तोष सुवेदी/ संगालोखबर

विराटनगर । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्ले आइतबार प्रदेश १ का ९ जिल्लामा बन्द आव्हान गरेको छ । हरेक बर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै आएको परिषद्ले अरुण पूर्वका ९ जिल्लामा बन्द आव्हान गरेको हो ।

बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष आजकै दिनलाई ‘कालो दिन’ को रुपमा बन्द आव्हान गर्दै आएको छ । अरुण पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको स्वायत्त लिम्बुवान राज्य घोषणा गरिनुपर्ने परिषद्को माग छ । परिषद्ले मोरङ, सुनसरी, झापा, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पाँचथर र ताप्लेजुङ्गमा एकदिने बन्द आव्हान गरेको हो ।

Advertisement

तर, अधिकांश जिल्लामा बन्दको प्रभाव न्यून छ । ताप्लेजुङ र पाँचथरमा बन्दको प्रभाव देखिएको छ । त्यहाँबाट लामो दुरीका सवारी साधन छुटेका छैनन् । वाँकी सात जिल्लामा बन्दको प्रभाव खासै नदेखिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । ‘ताप्लेजुङ र पाँचथरबाट लामो दुरीका गाडी छुटेका छैनन्, वाँकी अरु जिल्लामा खासै प्रभाव परेको छैन, सामान्य अवस्था छ,’ राईले संगालोखबरसँग भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!