- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको इटहरीबाट लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–४ का २७ बर्षीया सृजना ओझा, २८ बर्षीय सुशान्त घिमिरे, धनकुटाको सहिदभुमी गाँउपालिका–५ घर भई इटहरी उपमहानगरपालिका–५ मादेन मार्ग टोलमा डेरा गरी बस्ने ३४ बर्षीय बिर्त सिंह राई र उनकी श्रीमती ३५ बर्षीया पवित्रा राई छन् ।

Advertisement

ब्राउन सुगरको कारोबार भइरहेको सूचनाका आधारमा शुक्रवार ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले इटहरी–६ स्थित भाटे एण्ड खाजा घरबाट १ ग्राम १५० मिलिग्राम ब्राउन सुगर र ७ हजार नगदसहित ओझा र घिमिरेलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त ब्राउन सुगर बिर्त सिंह र उनकी श्रीमती पबिताबाट खरिद गरेको भन्ने खुलेको हो ।

प्रहरी टोलीले बिर्त सिंहलाई इटहरी–५ मा फेला पारेर शरीर तलासी गर्दा ६ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर फेला परेपछि उनलाई पक्राउ गरेको हो । त्यस्तै राई दम्पतीको डेरामा खानतलासी लिदाँ करुवाभित्र लुकाई राखेको अवस्थामा ३३ ग्राम ९० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु र २७ हजार ३ सय नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबारमा संलग्न चारै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय ईटहरीबाट अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!