संगालोखबर


विराटनगर । विराटनगरको बुद्ध चोकबाट ७८ वर्षीय वृद्धा सम्पर्कविहीन भएकी छन् । केशरीदेवी शाह पुस ५ गते शनिबारबाट सम्पर्कविहीन भएकी हुन् । दिउँसो करिब ३ः३० बजेतिर घरबाट निक्लिएकी उनी घर नफर्किएपछि परिवारले खोजीका लागि अपिल गरेको छ ।

‘उहाँ कहाँ जानुभयो थाहा भएन । अहिलेसम्म अत्तोपत्तो छैन’, आफन्त कोमल शाहले भनिन्, ‘उहाँको बिर्सने बानी छ । घर र परिवारको बारेमा सोध्दा पनि बताउन सक्नुहुन्न ।’

Advertisement

अरु बेला उनी घरबाट निक्लिएको ५/१० मिनेटमा फर्किने गरेकी थिइन् । बाहिर निक्लिएको बेला समस्या नहोस् भनेर परिवारले परिचय पत्र बनाइदिएका थियो । सोही परिचय पत्र लगाएर उनी घर बाहिर निक्लने गरेकी थिइन् । तर हिजो भने उनले परिचय पत्र घरमै छाडेकी छन् ।

‘यत्तिकै डुल्न निक्लने गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘सजिलो होस् भनेर परिचय पत्र पनि बनाइदिएका थियौँ । सँधै लगाएर निस्कनुहुन्थ्यो । हिजो भने घरमै छुटेछ । अहिलेसम्म केही पत्तो लागेको छैन ।’

उनले कसैले देखेको खण्डमा प्रहरी कार्यालय तथा ९८४२०४८२५० र ९८२७३५८९२९ नम्बरमा सम्पर्क गरिदिन समेत आग्रह गरिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!