- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा शक्रबार रक्तदान कार्यक्रम गरिएको छ । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा त्रिवेणी चोकस्थित शिवालय मन्दिर परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

Advertisement

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी गरी १८ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नु जीवन दान गर्नु सरह भएकाले कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष इश्वर श्रेष्ठले जानकारी दिए ।

वि.सं. २०३० साल चैत्र ३ गते तत्कालिन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा मारिएका रामकृष्ण श्रेष्ठलाई सरकारले २०७४ माघ ३ गते सहिद घोषणा गरेको हो । उनकै स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले बिभिन्न गतिविधि गर्ने क्रममा रक्तदान कार्यक्रम गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!