संगालोखबर


धनकुटा । धनकुटामा धान उत्पादन घटेको छ । अविरल वर्षासँगै आएको हावाहुरीले क्षति पुऱ्याउँदा यो वर्ष धान उत्पादन घटेको हो । गतवर्षको तुलनामा यो वर्ष २३ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले जानकारी दिए ।

४ हजार ७ सय १९ हेक्टर क्षेत्रफलबाट १५ हजार ३ सय ३९ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ४ हजार ८ सय ३२ दशमलव ७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

Advertisement

उक्त क्षेत्रफलबाट २० हजार १ सय ५२ मेट्रिक टन धान उत्पादन भएको थियो । ज्ञान केन्द्रका अनुसार गतवर्ष भन्दा यो वर्ष ४ हजार ८ सय १३ मेट्रिकटन कम धान उत्पादन भएको छ । यो वर्ष १ सय १३ हेक्टर कम क्षेत्रमा धान खेती गरिएको केन्द्रले जनाएको छ ।

आकाशे पानीको भर पर्नुपर्ने कारण धान खेती गर्ने क्षेत्रफल पनि घट्दै गएको केन्द्रले जनाएको छ । जंगली जनावरको आतंक तथा बसाइँसराइका कारणले पनि धान खेती गर्ने क्षेत्रफल घट्दै गएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!