संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ रबरबगानस्थित भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा अर्जुनधारा नगरपालिका–७ की ६२ बर्षीया लक्ष्मीमाया कार्की छन् ।

आइतबार साँझ ५ बजे जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प २५३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार कार्की गंभीर घाइते भएकी थिइन् । मोटरसाइकल उनका छोरा ४४ बर्षीय सुमन कार्कीले चलाएका थिए ।

Advertisement

दुर्घटनामा घाइते भएकी कार्कीलाई उपचारका लागि वीएण्डसी अस्पताल पुर्याउने बितिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!