संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । झापाको बिर्तामोड नगरपालिका-६ गिरीबन्धु टि स्टेट नजिक भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भद्रपुर नगरपालिका-९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर-७ का २५ वर्षीय शीर्षक सुवेदी छन् ।

शनिबार साँझ चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए  । उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!