धनकुटामा ५५ जनाले गरे रक्तदान
धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सोमबार धनकुटामा आयोजना गरेको रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । राष्ट्रिय युवा संघको नबौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर मदनचोकमा रक्तदान कार्यक्रम गरिएको हो ।
नेकपा एमाले धनकुटाका अध्यक्ष एवं प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले कार्यक्रम उद्घाटन गरे । कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष पराजुलीले रक्तदान भनेको जीवन दान सरह भएकाले मानिसको ज...































