संगालोखबर


विराटनगर । नेकपा एमालेका नवनिर्वाचित सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलन सुरु गर्ने बताएका छन् ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राईले कोशी प्रदेशका १४ वटै जिल्ला र प्रमुख सहरहरूमा विभिन्न स्वरूपका आन्दोलनहरू सुरु गर्ने बताएका हुन् ।

Advertisement

विगतमा भएका अराजक गतिविधि र हिंसा रोक्न एमालेले नागरिक सुरक्षाको जिम्मेवारी बहन गर्दै आन्दोलनमा उत्रने उनको भनाइ थियो । यस्तै उनले प्रदेश सरकारको सन्दर्भमा मन्त्रिमण्डल पुनर्गठनको बेला भइसकेको बताए ।

उनले यसबारे मुख्यमन्त्री र अन्य सरोकारवाला दलहरूसँग परामर्श गरी उपयुक्त समयमा निर्णय लिइने जानकारी दिए । नेकपा एमाले अहिलेको परिस्थितिमा एक ढिक्का रहेको र आगामी निर्वाचनमा प्रमुख शक्तिको रूपमा स्थापित हुने उनले बताए ।

यस्तै उनले पार्टीको नीति, उद्देश्य र अभियानमा बिना सर्त सहभागी हुनुपर्ने उल्लेख गर्दै यदि कसैले फरक ढंगले प्रस्तुत हुने वा पार्टीको विधिको अवज्ञा गर्न खोजेमा विधान बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!