संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको कागतेमा आज दिउँसो सुमो र मोटरसाइकल जुधेका छन् । हिलेबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज २७९९ नम्बरको सुमो र विपरित दिशाबाट जाँदै गरेको प्र–१–०६–००१ प ०११३ नम्बरको मोटरसाइकल दिउँसो करिब २ बजे आसपमा जुधेका हुन् ।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक सहिदभूमि गाउँपालिका ३ का ३३ बर्षीय राकेश राई घाइते भएका छन् । उनको दाहिने हात भाचिएको छ । धनकुटा जिल्ला अस्पतालमा उनको उपचार हुदैछ । ठक्करबाट मोटरसाइकलमा क्षति पुगेको छ, सुमोमा पनि सामान्य क्षति छ ।

तस्वीरः सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!