खुल्ला कविता प्रतियोगितामा बुढाथोकी भए प्रथम
धनकुटा । धनकुटामा आयोजित खुल्ला कविता प्रतियोगितामा अजय बुढाथोकी प्रथम भएका छन् । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर धनकुटा नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा जगमाया मादेन द्वितीय र शम्भुजित देउजा तृतीय भए भने गोपाल फुयालले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसह...






























