- संगालोखबर सम्वाददाता

विराटनगर । हुन्डी कारोबारमा संलग्न विराटनगरका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ सुडी वस्तीका ३१ वर्षीय धर्मानन्द साह छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार अपरान्ह करिब ४ः३० बजे विराटनगर–६ बाट साहलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘उनले हुन्डी कारोबार गर्ने गरेको हामीलाई सूचना थियो,’ प्रवक्ता दाहालले संगालोखबरसँग भने, ‘सूचनाकै आधारमा फलो गर्ने क्रममा उनलाई पक्राउ गरेका हौं ।’

को २९ प ९७३९ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका बेला उनी पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले ४ लाख ७५ हजार नगद बरामद गरेको छ । त्यस्तै, बिभिन्न बैंकको चेक तथा एटीएम कार्ड पनि फेला परेको प्रहरीले जनाएको छ ।

साहविरुद्ध प्रहरीले जिल्ला अदालतमा हुन्डी कसुरमा मुद्दा दायर गरेको छ । अदालतबाट पाँच दिनको म्याद थप गरेर उनको कारोबारका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!