संगालोखबर
जिल्ला प्रहरी कार्यालय मोरङ

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगरबाट २९ जना बिचौलिया पक्राउ परेका छन् । प्रहरीले विशेष निगरानीका आधारमा आज उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रशासन कार्यालयबाट ९ र मालपोतबाट २० जना बिचौलिया पक्राउ परेका छन् । सेवाग्राहीबाट गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । ‘सेवाग्राहीबाट गुनासो आएपछि उहाँहरूलाई नियन्त्रणमा लिएका छौँ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘सोधपुछ र अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि बाँकी कुरा खुल्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!