सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सोमबार धनकुटामा आयोजना गरेको रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । राष्ट्रिय युवा संघको नबौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर मदनचोकमा रक्तदान कार्यक्रम गरिएको हो ।

Advertisement

नेकपा एमाले धनकुटाका अध्यक्ष एवं प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले कार्यक्रम उद्घाटन गरे । कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष पराजुलीले रक्तदान भनेको जीवन दान सरह भएकाले मानिसको जीवन बचाउँन बिभिन्न अवसरमा रक्तदान गर्नुपर्ने आवश्यकता औंल्याए । युवा संघले महाधिवेशन अवसरमा रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गरेको भन्दै उनले युवा सङ्घलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा ५५ जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष प्रविण पोखरेलले जानकारी दिए । रेडक्रस धनकुटाको संयोजन र सुनसरी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा युवा सङ्घमा आवद्ध युवा, स्थानीयवासी, सुरक्षाकर्मी, कर्मचारी लगायतले रगत दिएका छन् ।

चैत्र २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा राष्ट्रिय युवा संघको नबौं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनको अवसर पारेर युवा संघले देशभर बिभिन्न कार्यक्रम गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!