दाँत माझ्दा मुखबाट छिरेको ब्रस नोबेलमा पेट चिरेर निकालियो
विराटनगर । दाँत माझ्ने क्रममा मुखबाट ब्रस छिरेपछि मोरङको मिक्लाजुङ्गका एक व्यक्तिको नोबेल शिक्षण अस्पतालमा पेट चिरेर ब्रस निकालिएको छ । मिक्लाजुङ्ग गाउँपालिका–४ टाँडीका ३५ बर्षीय गंगा मगरले दाँत माझ्ने क्रममा जिब्रो सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेर पेटमा पुगेको हो ।
घटना गत बुधबारको हो । बिहान उनी दाँत माझ्दै धारामा गएका थिए । सोही क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो सफा गर्दै गर्दा छिप्...































