जग्गाको मुआब्जा नपाएपछि विराटनगर विमानस्थल पीडित उत्रिए आन्दोलनमा
विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउँन अधिग्रहणका लागि सरकारले रोक्का गरेको जग्गाको मुआब्जा नपाएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । जग्गा रोक्का गरेको १४ महिना वितिसक्दा सम्म पनि मुआब्जा नपाएपछि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।
विराटनगर विमानस्थल पीडित संघर्ष समितिको अगुवाईमा उनीहरुले सोमबार विराटनगरमा विरोध प्रदर्शन गरे । पीडितहरुले प्रदेश १ को मुख्यमन्त्री कार्यालय र ...































