- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । डेढ महिना अघिदेखि जारी निषेधाज्ञाका कारण अहिले हुँने खानेको पनि हालत खराब भएको छ भने हुँदा खाने बर्गको बिजोग भएको छ । आम्दानीको स्रोत केही नहुँदा गरिब, बिपन्न तथा ज्यालादारी मजदुरलाई दुई छाक टार्न मुस्किल परिरहेको छ ।

Advertisement

पेट पाल्ने माध्यम नहुँदा भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेकाहरुलाई खानाको जोहो गर्न अहिले बिभिन्न स्थानमा मनकारी व्यक्तिहरुले निःशुल्क खाना खुवाउँने अभियान चलाइरहेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा लम्बिदै जाँदा बिपन्न बर्गको बिच्चली हुँन थालेपछि मनकारी व्यक्तिहरु अहिले स्वतस्फुर्त रुपमा उनीहरुको सहयोगमा जुट्न थालेका हुन् । काठमाडौं उपत्यकामा मात्रै दर्जन भन्दा बढी स्थानमा विपन्न बर्गलाई निःशुल्क खाना वितरण भइरहेको छ । पशुपती मन्दिर क्षेत्रमा हन्ड्रेटस् ग्रुप र मानवका लागि मानव अभियान तथा पिंगलास्थानमा आशा र चुनौति समूह लगायतले निःशुल्क खाना वितरण गरिरहेका छन् ।

निषेधाज्ञा लम्बिदै जाँदा विपन्न बर्ग भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेकाले स्वतस्फुर्त रुपमा निःशुल्क खाना खुवाउँने अभियान चलाइएको हन्ड्रेटस् ग्रुपका अध्यक्ष बब्लु गुप्ताले बताए । यता, मानवका लागि मानव अभियानकी अभियन्ता मन्दिरा शर्मा पौडेलले पनि समस्यामा परेकाहरुलाई सहयोग पुर्याउँन अभियान थालिएको प्रतिक्रिया दिइन् । सुरुमा आफ्नै पैसाबाट मात्र अभियान चलाइएको भएपनि अहिले दाताहरु थपिदै गएकाले अभियानमा थप सहजता मिलेको पौडेलले बताइन् ।

देशका बिभिन्न स्थानमा अहिले यस्ता अभियान बढ्दै गएका छन् । अधिकांश स्थानमा युवाबर्गको अगुवाईमा निःशुल्क खाना खुवाउँने अभियान चलाइएको छ । रोगले भन्दा छिटो भोकले मर्ने अवस्थामा पुगेकाहरुलाई यस्ता अभियानले निकै राहत मिलेको छ । काठमाडौंमा ज्याला मजदुरी गर्दै आएका किसोर लामाले काम गर्न नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको भएपनि अहिले मनकारी व्यक्तिहरुले निःशुल्क खाना वितरण गरिरहेकाले भोकै बस्नु नपरेको बताए ।

निषेधाज्ञाले थोरबहुत सबैलाई प्रभावित पारेकै छ । तर, यस्तो संकटको बेलामा मनकारी व्यक्तिहरुले आफ्नो गाँस काटेर भएपनि अरुको भोको पेट भर्ने काम गरिरहेका छन् । व्यक्तिगत स्वार्थका कारण दुनिया स्वार्थी बन्दै गइरहेको अवस्थामा मनकारी व्यक्तिहरुले चलाएको निःशुल्क खाना खुवाउँने यस्ता अभियानको धेरैले प्रशंसा गरेका छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!