- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारबाट निषेधाज्ञा केही खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो पार्दै जेठ ३१ गतेसम्म थप १० दिन निषेधाज्ञा लम्ब्याइएको हो । निषेधाज्ञा अवधिमा खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दुध डेरी, मासु पसल, ग्याँस पसल बिहान ९ बजेसम्म खोल्न दिइएको छ । यसअघि त्यस्ता पसलहरुसमेत खोल्न रोक लगाइएको थियो ।

Advertisement

प्रशासनले अनुमति दिएपछि खाद्य तथा किराना पसलहरु बिहानैदेखि खुलेका छन् । पसलहरुमा किनमेलका लागि सर्वसाधरणको चहलपहल देखिएको छ । यस्तै निर्माण सामाग्री ढुवानीका सवारी साधन राती ९ बजेदेखि बिहान ४ सम्म चलाउन अनुमति दिइएको छ । सवारी साधन मर्मत गर्ने वर्कशपहरु राती ९ देखि बिहान ९ बजेसम्म खुल्ला गर्न प्रशासनले अनुमति दिएको छ ।

निषेधाज्ञा कडा हुँदा दैनिकी कष्टकर भएको जनगुनासो बढेको थियो । तर, अहिले केही सहज भएको स्थानीयबासी बताउँछन् । उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । संक्रमण तीब्र रुपमा फैलिएपछि निषेधाज्ञालाई कडाई गर्दै खाद्य पसलसमेत खोल्न रोक लगाइएको थियो । तर, दैनिक उपभोग्य बस्तुका पसलसमेत खोल्न रोक लगाउँदा समस्या भएको गुनासो बढेपछि प्रशासनले निषेधाज्ञाका प्रावधानहरु केही खुकुलो पारेको हो । निषेधाज्ञाका अन्य प्रावधान भने यथावत राखिएको छ ।

हेर्नुहोस् भिडियो रिपोर्ट…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!