सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसर पारेर आज धनकुटामा प्रभातफेरी र बिरामीलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसर पारेर पत्रकार महासंघ धनकुटाले बजारमा प्रभातफेरी गरेर जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको हो ।

Advertisement

विहान परिचय चोकमा भेला भएर पत्रकारहरूले चुवाको बोट चोक, हुलाकटोल लगायत बजार क्षेत्रमा प्रभातफेरी गरेका हुन् । दिवसकै अवसर पारेर जिल्ला अस्पताल धनकुटामा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको हो ।

महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, जिल्ला अध्यक्ष नगेन्द्र राई, पूर्व अध्यक्षहरू विजय सन्तोषी राई, खगेन्द्रप्रसाद घिमिरे, मोहन वान्तवा, सल्लाहकारहरू रमेशचन्द्र अधिकारी, सन्तवीर लामा, भेषराज कटेल लगायतले बिरामीलाई फलफूल वितरण गरेका छन् ।

यसैबीच, स्थापना दिवसकै अवसरमा पत्रकार महासंघको कार्यालयमा धनकुटा नगरपालिकाका तात्कालिक कार्यकारी अधिकृत स्व.महेन्द्र खाम्याहाङ्गको तस्वीर राखिएको छ । वि.स.२०६३ सालमा महासंघलाई बसपार्क नजिक ८ आना जग्गा दिने निर्णय गराएका खाम्याहाङ्गको सम्मान स्वरुप तस्वीर राखिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!