- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–८ स्थित खाम्बेलाका २० परिवारलाई पानी छान्ने फिल्टर वितरण गरिएको छ । धनकुटा नगरपालिका, हुसाडेक नेपाल र एकीकृत पर्वतीय विकासको लागि अन्तर्राष्ट्रिय केन्द्रको सहकार्यमा खाम्वेलाबासीलाई तृप्ति फिल्टर वितरण गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, धनकुटा नगरपालिका–८ का वडाध्यक्ष रसबहादुर आठपहरिया लगायतले खाम्वेलाबासीलाई फिल्टर वितरण गरे । २० परिवारलाई एक/एक थान फिल्टर प्रदान गरिएको हो । गाउँमा खानेपानीका लागि राखिएको फिल्टर सिस्टम र ट्याङ्की पनि मेयर तामाङले उद्घाटन गरेका छन् ।

सुख्खाग्रस्त क्षेत्र खाम्बेलामा पानीको मुहान नभएकाले खानेपानीको समस्या छ । त्यहाँ आकाशे पानी संकलन गर्ने र सोही पानीलाई शुद्धिकरण गरेर प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि पाँच हजार लिटरको दुई वटा ट्याङ्की र पानी छान्ने फिल्टर राखिएको छ ।

बर्खाको आकाशे पानीलाई घरको छानाबाट पाइप लगाएर फिल्टरमा पुर्याई शुद्धिकरण गरेर ट्याङ्कीमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सोही पानी धारामार्फत वितरण गरिनेछ ।

ट्याङ्कीमा जम्मा भएको पानी पिउन मिल्ने इसीमोडका विज्ञ नविन भट्टराई बताउँछन् । पिउने पानीलाई घर-घरमा थप शुद्धिकरण गर्न फिल्टर वितरण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!