- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–६, विचबजारस्थित निशान भगवती मन्दिरमा आज मौलो पुजा गरिएको छ । चैत्र शुक्ल अष्टमी, चैते दशैँको अवसर पारेर मौलो पुजा गरिएको हो ।

Advertisement

निशान भगवती मन्दिरभित्र नेपाली सेनाको तिन वटा पल्टन जङ्गी निशान गण, श्रीजंग गण र इन्द्रध्वोज गणको निशान छन् । मन्दिरभित्रबाट डोलीमा निशान बोकेर मन्दिरको प्राङ्गणमा ल्याई पुजा गरिएको हो ।

पूजामा राँगा, बोका र कुभिन्डोको बलि दिइएको छ । पूजामा प्रशासक, राजनीतिकर्मी, सञ्चारकर्मी, स्थानीयवासी लगायत सहभागि थिए ।

उक्त कार्यक्रममा नेपाली सेनाले तोप सलामी पनि दिएको छ । निशान मन्दिरमा चैते दशैँको अवसरमा हरेक वर्ष मौलो पुजा गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिका संरक्षक जनार्दन घिमिरेले जानकारी दिए ।

तस्वीर: सन्तोष सुवेदी/संंगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!