विराटनगर । नेपाली कांग्रेस मोरङको खेलकुद तथा युवा विभागले पाँच जनालाई सदस्यमा मनोनित गरेको छ । विभागका प्रमुख तथा मोरङ कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहालले सदस्य मनोनित गरेका हुन् ।
दाहालका अनुसार नेपाल टेबुल टेनिस संघका केन्द्रीय सदस्यसमेत रहेका अनुज बानियाँ, इन्द्रराज थापा, राजन न्यौपाने, अनुराग पाठक र बद्री मिश्रलाई सदस्यमा मनोनित गरिएको छ । मनोनित हुनेहरूलाई विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका मोरङ कांग्रेसका उपसभापति नागेश कोइरालाले मनोनित पत्र प्रदान गरेका छन् ।
पार्टीको सङ्गठनलाई बलियो बनाउने गरी काम गर्न मनोनित हुने सदस्यहरूलाई कोइरालाले आग्रह गरे । विभाग प्रमुख दाहालले मनोनित हुनेहरूको साथ, सहयोग लिएर युवा विभागलाई चुस्तदुरुस्त बनाइने बताए ।