- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रबार विराटनगरमा भीड नियन्त्रण अभ्यास गराइएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा भीड नियन्त्रण अभ्यास गरेका हुन् ।

Advertisement

प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सशस्त्र प्रहरी बल नेपाल नं.३ गण हे.क्वा. कंकालिनि मोरङका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरू अभ्यासमा सहभागि थिए । शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न दुवै संगठन एकै साथ परिचालन हुने भएकोले भीड नियन्त्रणको संयुक्त अभ्यास गरिएको हो ।

आन्दोलन तथा विरोधका क्रममा हुने भीडलाई मानव अधिकारको संरक्षण गर्दै भीड तितरबितर बनाई स्थिति सामान्य बनाउन भीड नियन्त्रण अभ्यास गराइएको बताइएको छ । स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सिलसिलेवार बल प्रयोगको सिद्धान्त अनुसार भीड नियन्त्रण अभ्यास गराइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

थप तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!